• Trending:

सेनामा सवा चार हजार पदपूर्ति अनिश्चित

सेनामा सवा चार हजार पदपूर्ति अनिश्चित

Economist Nepal

Sun, Magh 1 2079

सेनामा सवा चार हजार पदपूर्ति अनिश्चित

थारू क्लस्टरका कारण नेपाली सेनामा दुईवटा विज्ञापनको पदपूर्ति रोकिएको छ । सेनामा अधिकृत क्याडेट दुई सय २९ पद र सैन्यमा चार हजार पदको लिखित परीक्षा हुन सकेको छैन । २४ भदौमा दुई हजार ८८ खुला र बाँकी समावेशी गरी चार हजार सैन्य भर्नाका लागि विज्ञापन आह्वान भएको थियो। त्यस्तै, ३१ भदौमा दुई सय नौ क्याडेट अधिकृतका लागि विज्ञापन भएको थियो । तर, थारूक्लस्टरको माग गर्दै परेको रिटमा सर्वाेच्चले अन्तरिम आदेश जारी गरेसँगै पदपूर्ति रोकिएको हो । मुद्दा परेपछि सेनाले नयाँ भर्नाका लागि पनि विज्ञापन आह्वान गर्न सकेको छैन । ‘सैन्य तथा अधिकृत क्याडेट पदका परीक्षा सञ्चालन र सैन्य पदको नयाँ सम्पर्क मितिबारे कम्तीमा एक हप्ताअगावै अर्काे सूचना प्रकाशित गरी जानकारी गराइनेछ,’ सैनिक मुख्यालयले सूचना जारी गर्दै भनेको छ ।

नेपाल विद्युत् प्राधिकरणमा पाँच सय २२ कर्मचारीको पदपूर्ति रोकिएको छ । प्राधिकरणले आयोगको सहमतिमा स्थायी पदपूर्तिका लागि ३१ भदौमा विज्ञापन आह्वान गरेको थियो । सर्वाेच्चको अन्तरिम आदेशका कारण तह तीनदेखि तह १० (निर्देशक)सम्मकोपरीक्षा अनिश्चित बनेको हो । प्राधिकरणका अनुसार आवेदन संकलन भए पनि परीक्षाको टुंगो छैन ।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.