
काठमाडाैं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेकाहरूमध्ये १९ जनाको शव निकालिएको गण्डकी प्रदेश प्रहरी कार्यालका प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले जानकारी दिएका छन् ।
काठमाडैबाट पोखरा गइरहेको विमानमा चालक दलका चार सदस्यसहित ६८ जना यात्रु सवार थिए । प्रमुख जोशीका अनुसार विमान पोखरा महानगरपालिका वडा नं १५ नयाँगाउँमा भएको हो । दुर्घटनास्थलको स्थिति हेर्दा बाँकी यात्रुहरू जीवितै रहने अशा निकै कम रहेको छ ।
Comments
Related News