
काठमाडौं । पोखरामा भएको यती एयरलायन्स जहाज दुर्घटनास्थलबाट सुरक्षाकर्मीले २५ जनाको शव संकलन गरिएको छ । गण्डकी प्रदेश कार्यालका प्रवक्ता सारदाप्रसाद चैधरीले २५ जनाको शव निकालेर शवहरू गण्डकी अस्पतालमा लगिएको बताए ।
दुर्घटना सेतीको अनाकन्टार खोचमा विमान दुर्घटना भएकाले उद्धारकार्य निकै कठिनाइ भइरहेको उनले बताए । अहिले घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्रप्रहरीलगायतका सुरक्षाकर्मीहरूले सव संकलनकार्य भइरहेको उनले जानकारी दिएका छन् ।
काठमाडाैंबाट पोखरा गइरहेको विमानमा चालक दलका चार सदस्यसहित ६८ जना यात्रु सवार थिए । विमान दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन ।
Comments
Related News