काठमाडौं । पोखरा विमान दुर्घटनामा परी निधन भएका व्यक्तिहरूको सम्झनामा माघ २ गते सरकार शोक विदा दिने घोषणा गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
बैठकले दुर्घटनाप्रति गहिरो दुः ख व्यक्त गरेको छ । घटनाकाबारे परिवार जनलगायतलाई जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय भएको छ।
Comments
Related News