
काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको निधन भएको छ ।
उनी माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी जनाउन गएकी थिइन् । उनको मृत्युको पुष्टि उनकै दिदी हीरा छन्त्याल शेरचनले गरेकी हुन् ।
पोखरा उड्नुअघि नीराले फेसबुकमा माघे संक्रान्तिको र शुभकामना पोस्ट गरेकी थिइन् ।
Comments
Related News