
काठमाडौं । करिब पाँच महिनाअगाडि यती एयरलाइन्समा आबद्ध भएकी थिइन् ओसिन आलेमगर ।
चितवनको माडी नगरपालिका– ८, दक्षिण अयोध्यापुरीकी उनले यतीबाटै जागिरे करिअर थालेकी थिइन् । बाबु भारतीय आर्मीका रिटायर्ड हुन् ।
छोरीकै रुचिकै कारण परिवारले उनलाई एयर होस्टेस पढाएको थियो । ओसिन जागिरे भएपछि परिवार केही समयदेखि काठमाडौं बस्दै आएको छ । दुर्घटनाको खबरपछि ओसिनका बुबा पोखरा पुगेका छन् । ओसिनका बहिनी र भाइ छन् ।
Comments
Related News