
काठमाडौं । सुनको मूल्य लगातार उकालो लागिरहेको छ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार २ सय रूपैयाँ पुगेको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार सात सय छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रूपैयाँले बढेर एक हजार चार सय कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
Comments
Related News