• Trending:

चल्न थाल्यो नारायणी नदीमा ‘क्रुजसिप’

चल्न थाल्यो नारायणी नदीमा ‘क्रुजसिप’

Economist Nepal

Mon, Magh 2 2079

चल्न थाल्यो नारायणी नदीमा ‘क्रुजसिप’

काठमाडौं । नारायणी नदीमा आइतबारबाट ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । दुई वर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएको थियो । कोभिड माहामारी र केही नीतिगत व्यवधानका कारण क्रुजसिप सञ्चालनमा ल्याउन कठिन भएको कम्पनीले जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार सबै प्रक्रिया पूरा गरेर क्रुजसिप सञ्चालनमा ल्याइएको हो । तीन तलाको क्रुजसिपमा कुल एक सय ८० जना सवार गर्न सक्नेछन् ।

क्रुजसिपमा यात्रा गर्ने यात्रुहरुको १० लाख बराबरको बीमा गरिएको छ । क्रुजसिपमा सवार हुनका लागि टिकट सात सय, ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लञ्च क्रुजिङ दुई हजार र डिनर क्रुजिङ दुई हजार पाँच सय तेकिएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १६ ज्ञानेश्वर सामुदायिक वन स्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन छ । एक पटकमा यात्रुले करिब एक घण्टा नारायणी नदीमा क्रुजको मज्जा लिन पाउनेछन् ।

क्रुजसिप निर्माणमा १५ करोड बढी खर्च भएको जनाइएको छ । क्रुज सञ्चालनका लागि ४० किलोमिटरसम्मको अनुमति लिइएको छ ।  क्रुजसिपभित्र रेष्टुराँ, कार्यक्रमका लागि स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्ट पनि निर्माण गरिएको छ ।

The post चल्न थाल्यो नारायणी नदीमा ‘क्रुजसिप’ appeared first on NepalWatch.

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.