• Trending:

प्लेन दुर्घटना हुँदा भारतीय यात्रीले गरिरहेका थिए लाइभ

प्लेन दुर्घटना हुँदा भारतीय यात्रीले गरिरहेका थिए लाइभ

Economist Nepal

Mon, Magh 2 2079

प्लेन दुर्घटना हुँदा भारतीय यात्रीले गरिरहेका थिए लाइभ

काठमाडौं । पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेमध्ये पाँच भारतीय भएको खुलेको छ ।  पशुपतिनाथ दर्शनका लागि आएका उनीहरू  उत्तर प्रदेशको गाजीपुरका भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।   अर्का एक जनाको बारेमा भने केही खुलेको छैन ।

ज्यान गुमाउनेमा अभिषेक कुशवाहा, विशाल शर्मा, अनिल कुमार राजभर, सोनु जैसवाल र सञ्जय जैसवाल छन् । उनीहरू २५ देखि ३० वर्ष उमेर समूहका हुन् ।

सोनुले गरेका थिए फेसबुकबाट लाइभ

सामाजिक सञ्जालमा दुर्घटनाको सम्मुखमा पुगेको विमानको एउटा भिडियो सार्वजनिक भएको छ । भिडियोमा असन्तुलित बनेको विमान हल्लिएपछि यात्रु अत्तालिएको र केहीबेरमै विमान ठोक्किएर आगो लागेको देखिन्छ । आगो लागेको केही सेकेन्डपछि भने लाइभ बन्द भयो ।

बिबिसी हिन्दीले परिवारका सदस्यलाई उद्धृत गर्दै दुर्घटनाको बेला सोनु जैसवाल नाम गरेका भारतीय युवकले लाइभ गरिरहेको लेखेको छ । सोनु पेसाले व्यवसायी हुन् । उनी साथीहरूसँग शुक्रबार पशुपतिनाथ दर्शन प्रयोजनार्थ सडक मार्ग हुँदै नेपाल आइपुगेका थिए ।

प्लेनभित्र लाइभ गरिएको घटनाबारे  छानबिन हुनुपर्ने उनका परिवारका सदस्यले माग गरेका छन् ।

दुर्घटनापूर्व यतीको विमानबाट गरिएको लाइभ भिडियो सार्वजनिकपछि सामाजिक सञ्जालमा विभिन्न क्रियाप्रतिक्रिया उत्पन्न भइरहेका छन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.