काठमाडौं । मंगलबार र बिहीबार रसुवा जिल्ला प्रवेश गर्ने सबै राजमार्ग बन्द हुने भएको छ ।
छिमेकी देश चीनले नेपाल सरकारलाई सहयोग दिएको एच टु मेकानाईज ब्रिज रसुवा धुन्चेबाट नुवाकोट हुँदै काठमाडौं लग्ने कार्य भएकाेल सो दिन रसुवाका सडक अवरूद्ध हुने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएकाे छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त कार्यका लागि दुवै तर्फबाट सवारी साधन चल्न कठिनाई हुँदा बिहान ५ बजे देखि १० बजे सम्म जिल्लाबाट बेत्रावती हुँदै रसुवा प्रवेश गर्ने सम्पूर्ण सवारी साधनले वैकल्पिक रुट प्रयोग गर्नुपर्ने छ ।
हेराैं सूचना :
Comments
Related News