याे बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ मा स्थापित अवार्ड हाे । जसलाई हरेक दुई वर्षमा प्रदान गर्ने गरिन्छ । रूइतलाई प्रदान गरिने अवार्ड पाँचाैं संस्करण हाे ।
अवार्ड आगाम फेब्रुअरीमा प्रदान गरिने संस्थाले जनाएकाे छ । अवार्डसँगै डा रुइतले १० लाख डलर अर्थात् १३ करोड नेपाली रुपैयाँभन्दा बढी रकम, गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
डा रुइतले आफूले उक्त अवार्ड पाउन लागेको जानकारी पाएको बताए।
गल्फ न्युजले अन्धाेपन न्यूनीकरणमा रूइतले पुर्याएकाे याेगदानकाे कदर गर्दै संस्थाले अवार्ड दिन लागिएकाे लेखेकाे छ । त्यसाे त अवार्डडका लागि १३९ व्यक्ति र संस्था मनाेनयन गरेकाे थियाे जसमा रूइत चयन भएका हुन् ।
Comments
Related News