
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले दुई अस्पतालमा आकर्षक छुट पाउने भएका छन् ।
बैंकका ग्राहकहरुले ललितपुरको स्टार हस्पिटल लिमिटेड र नयाँ बानेश्वर अल्फा केयर प्रालिले दिने सेवामा आकर्षक छुट पाउने भएका हुन् । छुट दिनेसम्बन्धमा मंगलबार बैंकले यी दुई स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ ।
सम्झौतासँगै ग्राहकले स्टार हस्पिटलका सेवाहरुमा अधिकतम १५ प्रतिशत र अल्फा केयरका सेवाहरुमा अधिकतम १५ प्रतिशत को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट स्वास्थ्य उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ स्वास्थ्य उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।