
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव प्रदेश सहमतिका मुख्यमन्त्री भएका छन् ।
बुधबार प्रदेशसभा भवन जनकपुरधाममा भएको मतदानमा सदनमा उपस्थित सबै सांसदले विश्वासको दिएपछि उनी सहमतिको मुख्यमन्त्री भएका हुन् ।
उपस्थित एक सय ५ जना सांसदमध्ये यादवको पक्षमा १०२ जनाले मतदान गरेका छन् । माओवादीका दुई सांसद विवादका कारण बैठकमा उपस्थिति भएनन् ।
पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुँदा यादवलाई सत्तापक्षका ६३ सांसदको समर्थन गरेका थिए । जसपा संसदीय दलका नेता यादवलाई प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेससहित १० वटै दलले उनलाई विश्वासको मत दिएका हुन् ।
Comments
Related News