
काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । उनले आज बिहान विमानस्थलको अनुगमन गरेका हुन् ।
मन्त्री किराँतीले विमानस्थल क्षेत्रको सरसफाइ र आगमन कक्षका लिफ्ट, स्केलेटर र ट्रयाबलेटरकोसमेत अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले विमानस्थलका शौचालय सफा राख्न र आगमन कक्षलाई व्यवस्थित र सुरक्षित राख्न निर्देशनसमेत दिएका छन् ।
Comments
Related News