• Trending:

आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हट्यो

आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हट्यो

Economist Nepal

Thu, Magh 5 2079

आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हट्यो

काठमाडौं । आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटेको छ । राष्ट्र बैंकले  बिहीबार एकीकृत परिपत्र जारी गर्दै केन्दीय बैंकले सबै प्रकारको नगद मार्जिनको व्यवस्था हटाएको जनाएको छ ।

केन्द्रीय बैंकले विदेशी विनिमय सञ्चितिमा दवाव परेको भन्दै  एक वर्षदेखि ५० देखि शत प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो ।

आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटेसँगै अब व्यवसायीहरूले कुनै पनि प्रकारको नगद मार्जिन  राख्नुपर्ने बाध्यता हटेको छ । व्यवसायीहरूले सरकारलाइ केही समयदेखि नै आयातमा लगाएको मार्जिन हटाउन दवाव दिँदै आएको थियो ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.