
धरान । धरान उपमहानगरपालिकाले पनि सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन भन्दै डोजर चलाउन सुरू गरेको छ ।
धरान उपमहानगरपालिका धरान-५ स्थित स्थानीय मुना चौधरी लिम्बूले बनाएको घर भत्काउन विहानै पुगेका हुन् ।
उक्त घर भत्काउन पुगेका सुरक्षाकर्मी र त्यहाँको स्थानीयबीच झडपसमेत भएको छ । सुरक्षाकर्मी र त्यहाँका स्थानीयबीच झडप हुँदा केही व्यक्ति घाइते भएका छन् ।
उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार गरेपनि अटेर गरेपछि उपमहानगरपालिका घर भत्काउन बाध्य भएको मेयर हर्क साम्पाङले जानकारी दिए ।
Comments
Related News