
काठमाडौं । इम्पोलीले इन्टर मिलानलाई पराजित गरेको छ । इटालियन सिरी ए फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा इम्पोलीले इन्टरलाई १–० गोलान्तरमा पराजित गरेको हो ।
इम्पोलीको जितमा टोमासो बल्दान्जीले निर्णायक गोल गरे । उनले ६६ औं मिनेटमा उक्त गोल गरेका हुन् ।
योसँगै इम्पोली १९ खेलमा २५ अंक जोडेर नवौं स्थानमा समेटिएको छ । इन्टर भने ३७ अंक जोडेर तेस्रो स्थानमा छ ।
Comments
Related News