
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेका छन् ।
मंगलबार विहान गृहमन्त्री लामिछानेले अस्पताल पुगेर आचार्यका परिवारलाई भेटेका हुन् । भेटमा लामिछानेले आचार्यका परिवारलाई सान्त्वना दिएका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरअघि पेट्रोल खन्याएर आफैंलाई आत्मदाह गरेका आचार्यको उपचारका क्रममा आज बिहान बर्न अस्पताल कीर्तिपुरमा मृत्यु भएको थियो ।
तस्विर : सामाजिक सञ्जाल
Comments
Related News