
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार, बैठक अहिले बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय छ ।
बैठकमा पार्टी एकता, सरकारको कामकारबाहीलगायत विषयमा छलफल हुने बताइएको छ । माओवादी केन्द्रले यसअघि नै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीलगायत दलसँग एकता गर्ने सैद्धान्तिक निर्णय गरिसकेको छ । यसका लागि सो दलले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति नै गठन गरेको थियो । तथापि बाबुराम भट्टराई नेतृत्वको दलबाहेकसँग यसबारे संवाद अघि बढ्न सकेको छैन । आजको बैठकमा यसबारे छलफल हुने बताइएको छ ।
यसका अतिरिक्त सरकारको कामकारबाही, पार्टीका विभाग र भ्रातृ संगठनको पुनर्गठनलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।