
काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । यती एयरलाइन्सको पोखरामा भएको विमान दुर्घटनामा गायिका नीरा छन्त्यालको मृत्यु भएको दुई साता नपुग्दै पौडेलको निधन भएको हो ।
लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले पौडेलको मृत्यु भएको पुष्टि गरे ।
उनको मृत्युको कारण भने खुलेको छैन ।
स्याङ्जाको खुदी स्थायी ठेगाना भएका पौडेल दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका थिए । पछिल्लो समय उनी लाइभ दोहोरीमा निकै रुचाइएका थिए ।
The post लोकदोहारी क्षेत्रले गुमायो फेरि अर्को प्रतिभा appeared first on NepalWatch.
Comments
Related News