
. काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ सकिएको छ ।
आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गरेका थिए । त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो ।
बहस सकेपनि उच्च अदालतको फैसला आउन बाँकी छ । अहिले मुद्दाको आदेशबारे न्यायाधीशहरू फैसलाको छलफलमा जुटेका छन् ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त मुद्दाको आज सुनुवाइ भएको थियो ।
Comments
Related News