• Trending:

बन्द प्रशिक्षणको लागि क्यानले छान्यो २८ खेलाडी, टोलीमा सन्दिप अटाएनन्

बन्द प्रशिक्षणको लागि क्यानले छान्यो २८ खेलाडी, टोलीमा सन्दिप अटाएनन्

Economist Nepal

Fri, Magh 13 2079

बन्द प्रशिक्षणको लागि क्यानले छान्यो २८ खेलाडी, टोलीमा सन्दिप अटाएनन्

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा छानेको छ ।

उक्त २८ जनामा बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका पूर्वकप्तान सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन ।

लामिछानेविरुद्ध एक नाबालिकमाथि जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीसमक्ष किटानी दर्ता भएपछि उनी असोज २० गते त्रिभुवन विमान स्थलबाट पक्राउ परेका थिए ।

त्यसपछि जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो । विदेश रहेकै बेलामा लामिछानेविरुद्ध उजुरी परेपछि उनको कप्तान पद निलम्बनमा परेको थियो ।

पुनरावेदनमा उच्च अदालत, पाटनले २० लाख धरौटीमा २९ पुसमा थुनामुक्त भएका थिए ।

थुनामुक्त भएसँगै क्रिकेट संघका पदाधिकारीहरुले खेलमा फर्काउने विषयमा छलफल गरेर टिममा ल्याउने तयारी गरेका थिए । तर शुक्रबार घोषित प्रारम्भिक टोलीमा उनी अटाएनन् ।

टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी,  आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी, विनोद भण्डरी, सागर ढकाल र सन्दीप जोरा, किशोर महतो, कमल सिंह ऐरीलगायत छन् ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.