• Trending:

पद गुमेपछि रविले भने, ‘सर्वोच्च भन्दा ठूलो कोही छ र ?’

पद गुमेपछि रविले भने, ‘सर्वोच्च भन्दा ठूलो कोही छ र ?’

Economist Nepal

Fri, Magh 13 2079

पद गुमेपछि रविले भने, ‘सर्वोच्च भन्दा ठूलो कोही छ र ?’

काठमाडौं । सांसद, उपप्रधान तथा गृहमन्त्रीको पद गुमेसँगै रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई आफूले पूर्ण रुपमा स्वागत गर्ने बताएका छन् । सिंहदरवार परिसरमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘सर्वोच्च अदालतभन्दा माथि कुनै निकाय छ र ? अदालतको फैसलालाई म एकदम स्वागत गर्छु ।’

अदालतको फैसलासँगै आफू अनागरिक भएको र राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पनि नरहेको उनले बताए । ‘यतिखेर म कहींको पनि रहिन । एउटा अनागरिकले के उत्तर दिने ?,’ उनले भने ।

नेपालको संविधानअनुसार विदेशी मुलुकको नागरकता लिएपछि नेपाली नागरिकता कायम रहँदैन । विदेशी नागरिकता आफूखुसी लिएको वा नेपाली नागरिकता त्यागेको दुवै अवस्थामा नेपाली नागरिकता कायम हुँदैन । यस्तो अवसमा नेपाली नागरिकता पुनः प्राप्त गर्न कानुनले तोकेको प्रक्रिया पूरा गर्नैपर्छ ।

लामिछानेले यही प्रक्रिया पूरा नगरी खारेज भइसकेको नागरिकताकै आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका कारण उनको पद बदर भएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.