• Trending:

अदालतको फैसलापछि रविका दाइको ढाडस – ‘हिम्मत नहार भाइ, यो देशमा लाखौं रविहरु तयार हुनेछन्’

अदालतको फैसलापछि रविका दाइको ढाडस – ‘हिम्मत नहार भाइ, यो देशमा लाखौं रविहरु तयार हुनेछन्’

Economist Nepal

Fri, Magh 13 2079

अदालतको फैसलापछि रविका दाइको ढाडस – ‘हिम्मत नहार भाइ, यो देशमा लाखौं रविहरु तयार हुनेछन्’

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नागरिकता सम्बन्धी मुद्दामा दोषि ठहर गरेपछि उनका दाजु हरिशरण लामिछानेले समाजिक सञ्जालमा भावुक स्टाटस पोष्ट गरेका छन् ।

भाइलाई ढाडस दिँदै उनले राजनीतिको यात्रा लामो भएको भन्दै हिम्मत नहार्न सुझाएका छन् ।

स्टाटसमा उनले आफू पनि भाइलाई साथ दिन राजनीतिमा आउने प्रतिज्ञा व्यक्त गरेका छन् । ‘राजनीतिको यात्रा लामो छ भाइ, हिम्मत नहार । अबको यात्रामा म पनि आउँला । यो देशमा लाखौं रविहरु तैयार हुनेछन्,’ उनले लेखेका छन् ।

अदालतलको फैसलासँगै लामिछानेको सांसद तथा मन्त्री पद खारेजी भएको छ । योसँगै अब उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पनि नरहने भएका छन् ।

नेपालको संविधानअनुसार विदेशी मुलुकको नागरकता लिएपछि नेपाली नागरिकता कायम रहँदैन । विदेशी नागरिकता आफूखुसी लिएको वा नेपाली नागरिकता त्यागेको दुवै अवस्थामा नेपाली नागरिकता कायम हुँदैन । यस्तो अवसमा नेपाली नागरिकता पुनः प्राप्त गर्न कानुनले तोकेको प्रक्रिया पूरा गर्नैपर्छ । लामिछानेले यही प्रक्रिया पूरा नगरी खारेज भइसकेको नागरिकताकै आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका कारण उनको पद बदर भएको हो ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.