काठमाडौं । आइतबार अमेरिकाबाट एक उच्च पाहुना नेपाल आउने भएकी छन् ।
अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला कार्यक्षेत्र रहेकी उपमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने औपचारिक भ्रमणका लागि आइतबार नेपाल आउन लागेकी हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतले भिक्टोरिया आइतबार नेपाल आउन लागेको पुष्टि गरेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार, भ्रमण दौरान उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, राजनीतिक दलका शीर्ष नेतालगायतसँग भेटवार्ता गर्ने तय भएको छ ।
स्रोतका अनुसार, नेपालको पछिल्लो निर्वाचन, अमेरिकी सहयोगका एमसिसी परियोजना, युएसएडको परियोजना, तिब्बती शरणार्थीलगायत विषयमा छलफल गर्न उनी नेपाल आउन लागेकी हुन् ।
प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित भएपछि अमेरिकाबाट हुन लागेको पहिलो उच्च भ्रमण हो । यो भ्रमणको केही समयपछि भारतीय विदेशसचिव विनयमोहन क्वात्रा पनि नेपाल आउँदैछन् ।