
काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा आर्सनललाई १–० गोलान्तरले परास्त गर्दै सिटीले नयाँ चरणको यात्रा तय गरेको हो ।
सिटीको जितमा नाथनले निर्णायक गोल गरे । उनले खेलको ६४ औं मिनेटमा गोल गरेका हुन् ।
योसँगै आर्सनल भने चौथो चरणबाटै बाहिरिएको छ ।
Comments
Related News