
काठमाडौं। सङ्घीय संसद् भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको अन्त्येष्टि गरिएको छ । परिवारका सदस्यले शव बुझेपछि उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
आचार्यको अन्त्येष्टिमा उनका परिवारका सदस्य, आफन्त, शुभेच्छुक, जिल्लावासीहरू पशुपति पुगेका थिए ।
व्यवसाय सञ्चालनका क्रममा झेलेका अनेक भुक्तमान सामाजिक सञ्जालमा पोस्ट् गर्दै आचार्यले माघ १० गते संसद् भवनअगाडि आत्मदाह गरेका थिए । लगत्तै प्रहरीले उद्धार गरेर अस्पताल भर्ना गरेको भए पनि भोलिपल्ट उनको निधन भएको थियो ।
घटनापछि आचार्यका परिवारले सरकारसमक्ष विभिन्न १० बुँदे माग राखेका छन् । ती माग पूरा गर्ने प्रतिबद्धता सरकारले जनाएपछि परिवारले उनको शव बुझेका हुन् ।
Comments
Related News