
काठमाडौं । गृह सचिव विनोदप्रकाश सिंह शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार गएका छन् ।
नागरिकता विवादमा सर्वोच्च अदालतले रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीसहित सांसदलगायत पदबाट पदच्यूत गरिदिएको नयाँ सन्दर्भमा सिंह बालुवाटार पुगेका हुन् ।
बालुवाटार स्रोतले गृह मन्त्रालयका कामकारबाहीबारे ब्रिफिङका लागि सिंहले प्रधानमन्त्रीलाई भेटेको जनाएको छ ।
अदालतले लामिछानेले पदच्यूत गरिदिएपछि प्रधानमन्त्री दाहालले उनले सम्हालेको मन्त्रालयको जिम्मेवारी आफैंले राखेका छन् ।
स्रोतका अनुसार शनिबार बिहान ९ बजे त्यहाँ पुगेका सिंहले झण्डै ४५ मिनेट प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।
Comments
Related News