काठमाडौं । संघीय राजधानी काठमाडौंको माइतीघर मण्डलामा रवि लामिछानेका समर्थकले प्रदर्शन गरेका छन् ।
रवि नेपाली नागरिक नरहेको भनेर सर्वोच्चको भनेर सर्वोच्चले गरेको फैसलाको भोलिपल्ट उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
समर्थकहरूले सर्वोच्चको फैसला त्रुटिपूर्ण रहेको जिकिर गर्दै त्यसलाई खारेज गर्न माग गरेका छन् । यसक्रममा उनीहरूले ‘सर्वोच्चको विभेदकारी फैसला खारेज गर’, ‘न्यायाधीश बिक्न पाइँदैन’लगायत नारा लगाइरहेका छन् ।
सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेको नागरिकताविरुद्ध परेको मुद्दामा फैसला गर्दै लामिछाने नेपाली नागरिक नरहेको ठहर सुनाएको थियो । अदालतको फैसलासँगै चार पद उपप्रधान तथा गृह, सांसद, पार्टी सभापति, पार्टी सदस्यबाट उनी पदच्यूत भएका थिए । अदालतको आदेशपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले यसको स्वागत गरे पनि समर्थकले फैसलाविरुद्ध प्रदर्शन गरेका हुन् ।