
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् ।
उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेका रवि लामिछाने नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको जिम्मेवारी प्रचण्डलाई दिएकी हुन् ।
राष्ट्रपति कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको कार्यभार तोकेको जानकारी दिएको छ ।
Comments
Related News