• Trending:

सरकारी बेवसाइटको अवरोध हट्यो – NepalWatch

सरकारी बेवसाइटको अवरोध हट्यो – NepalWatch

Economist Nepal

Sat, Magh 14 2079

सरकारी बेवसाइटको अवरोध हट्यो – NepalWatch

काठमाडौं । सरकारी बेवसाइटमा शनिबार आएको समस्या झण्डै तीन घण्टापछि समाधान भएको छ ।

जिओभी डट एनपी डोमेनका सरकारी बेवसाइटमा शनिबार समस्या आउँदा एकसाथ डाउन भएका थिए । सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले ह्याकरको निशानामा पर्दा यस्तो समस्या आएको हुनसक्ने अनुमान गरेको छ । सरकारी बेवसाइटमा समस्या आउँदा कुनै पनि साइट खुलेका थिएनन् । सबैमा साइट खुल्न नसक्ने सूचना राखिएका थिए ।

सरकारी बेवसाइटमा आएको समस्या तीन घण्टापछि समाधान भएको केन्द्रले जनाएको छ ।

सरकारी बेवसाइटमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडानसमेत प्रभावित भएको थियो । बेवसाइटको अवरोध हटेसँगै विमानको उडान पनि सञ्चालनमा आएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.