
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जिरोनामाथि साँघुरो जित निकालेको छ ।
गएराति सम्पन्न खेलमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले जिरोनालाई १–० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाका लागि पेड्रीले ६१ औं मिनेटमा गोल गरे । जोर्डी अल्बाको पासमा पेड्रीले निर्णायक गोल गरेका हुन् ।
योसँगै १८ खेलमा बार्सिलोनाले ४७ अंक जोडेको छ भने जिरोना २१ अंकका साथ तालिकाको १२ औं स्थानमा छ ।
Comments
Related News