
काठमाडौं । डिफेन्डर पेड्रो पोर्रोलाई प्रिमियर लिग क्लब टोटेनहमले अनुबन्ध गर्ने भएको छ ।
स्पेनिस डिफेन्डर पेड्रो स्पोर्टिङ लिस्बन आबद्ध छन् । टोटेनहमले उनलाई त्यहीबाट अनुबन्ध गर्न लागेको हो ।
यसका लागि टोटेनहमले अन्तिम चरणको काम गरिरहेको सञ्चारमाध्यमले लेखेका छन् । समाचारहरूमा जनाइअनुसार उनीसँग ५ वर्षको सम्झौता गर्ने तयारी गरिएको छ ।
पेड्रो म्यानचेस्टर सिटीका पूर्व खेलाडी हुन् । उनले स्पेनका लागि एक खेल खेलिसकेका छन् ।
Comments
Related News