
काठमाडाैं । साताको पहिलो दिन आइतबार सुनको मूल्य सामानय बढेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रूपैयाँ बढेर एक लाख ६ हजार रूपैयँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुनको मूल्य एक लाख पाँच हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार पाँच सय रूपैयाँ कायम भएको छ ।
त्यस्तै शुक्रबार स्थिर चाँदी आज १५ रूपैयाँले घटेर एक हजार तीन सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार ३८० रूपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
Comments
Related News