
एजेन्सी । पाकिस्तानमा डुंगामाथि बस खस्दा ५१ जनाको मृत्यु भएको छ । पुलमा गुडिरहेको बस त्यहाँबाट डुंगामाथि पल्टिएको हो ।
दुर्घटनामा परेका ९ जना हालसम्म बेपत्ता छन् । दुर्घटनामा मृत्यु हुनेमा दशजना विद्यार्थीहरू छन् । उद्दार गरिएका दुईजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बलोचिस्थानको प्रदेश राजधानी क्वेटाबाट कराँची जाँदै गरेको उक्त बसमा ४८ जना सवार थिए । बस पुलको पिलरमा ठोक्किएर तल खसेको थियो ।
गएरातीदेखि यात्रामा रहेको उक्त बसका चालक निन्द्राको अवस्थामा भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
Comments
Related News