
काठमाडौं । लखनउ टी–२० क्रिकेटमा न्युजिल्याण्डले भारतलाई १०० रनको लक्ष्य दिएको छ ।
तीन खेलको सिरिजको दोस्रो खेलमा न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै २० ओभरमा आठ विकेट गुमाएर ९९ रन बनायो ।
सिरिजको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डको टोलीले ठूलो स्कोर बनाउन सकेन ।
कप्तान मिचेल स्यान्टनर १९ रन बनाएर टोलीको सर्वाधिक स्कोरर बने ।
भारतका अर्शदीप सिंहले दुई तथा हार्दिक पाण्डेय, वासिङ्टन सुन्दर, युजवेन्द्र चहल, दीपक हुडा र कुलदीप यादवले एक÷एक विकेट लिए ।
Comments
Related News