• Trending:

रूस र बेलारुसका खेलाडीहरूलाई ओलम्पिकमा भाग लिन दिनु हुँदैन : जेलेन्स्की

रूस र बेलारुसका खेलाडीहरूलाई ओलम्पिकमा भाग लिन दिनु हुँदैन : जेलेन्स्की

Economist Nepal

Mon, Magh 16 2079

रूस र बेलारुसका खेलाडीहरूलाई ओलम्पिकमा भाग लिन दिनु हुँदैन : जेलेन्स्की

काठमाडौं (एजेन्सी) । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२४ मा पेरिसमा हुने ओलम्पिक खेलकुदमा रुसलाई भाग लिन अनुमति दिइयो भने त्यसले आतंकवादलाई ‘अनुमोदन’ भइरहेको सन्देश दिने बताएका छन्। उनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग यो मुद्दा उठाएको पनि बताए ।

‘ओलम्पिकजस्तो प्लेटफर्म रुसलाई प्रचारप्रसारका लागि प्रयोग गर्न दिनु हुँदैन,’ उनले भने ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले रुस र बेलारुसका खेलाडीले तटस्थ भएर ओलम्पिकमा भाग लिन सक्ने बताएको छ । जसको अर्थ खेलाडीले आफ्नो देशको प्रतिनिधित्व नगरी तटस्थ रूपमा मात्रै भाग लिनेछन् ।

तर युक्रेनले सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा रुस र बेलारुसका खेलाडी सहभागी भए उक्त कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएको छ ।

‘रूसी खेलाडीहरूलाई ओलम्पिकमा भाग लिन अनुमति दिनु भनेको सम्पूर्ण विश्वलाई आतंक स्वीकार्य छ भन्नु हो,’ जेलेन्स्कीले एक भिडियो सन्देशमा भनेका छन् ।

रसियालाई यो खेल वा अन्य कुनै पनि खेलकुद कार्यक्रममार्फत प्रचार वा उसको राष्ट्रवादलाई बढावा हुने अवसर दिन नहुने जेलेन्स्कीको तर्क छ ।

बेलायतले पनि रुसी खेलाडीलाई तटस्थतामा ओलम्पिकमा सहभागी हुन दिने योजनाको निन्दा गरेको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.