
काठमाडौं । प्रहरीलाई छक्याउँदै ६ अभियुक्त हिरासतबाट फरार भएका छन् । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतमा रहेका ६ अभियुक्त गएराति फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, धनुषाले हातहतियार र लागूऔषधका ६ अभियुक्त हिरासत तोडेर गएराति फरार भएको जनाएको छ ।
कसको कमजोरीले यस्तो भयो, खुलेको छैन । प्रहरीले घटनालगत्तै फरार अभियुक्तको खोजी थालिएको जनाएको छ ।
Comments
Related News