
काठमाडौं । चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा विरामीका आफन्तले ताला लगाएका छन् ।
अस्पतालको लापरवाही भएको आरोप लगाउँदै नाराबाजी भएपछि यतिबेला अस्पताल परिसरमा माहोल तनावपूर्ण बनेको छ ।
गौशला प्रहरीका प्रवक्ता सञ्जीव बाबु श्रेष्ठकाअनुसार आइतबार गौशालामा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएसँगै आफन्तले अस्पताल परिसरमा विरोध गरेका हुन् ।
हाल अवस्था नियन्त्रणमा आइसकेको र अस्पतालको अन्य सेवा चालु अवस्थामै रहेको उनले जानकारी दिए ।
Comments
Related News