• Trending:

पूर्वसचिवलाई बोलाएर पर्यटनमन्त्रीले लिए सुझाव

पूर्वसचिवलाई बोलाएर पर्यटनमन्त्रीले लिए सुझाव

Economist Nepal

Mon, Magh 16 2079

पूर्वसचिवलाई बोलाएर पर्यटनमन्त्रीले लिए सुझाव

काठमाडौं । मन्त्रालय र मातहत निकायको कामलाई प्रभावकारी बनाउने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पूर्वसचिवहरुसँग छलफल गरेका छन् ।

मन्त्रालयमा आज भएको छलफलमा उनले पर्यटन एवं हवाई क्षेत्रको विकास एवं सम्वर्द्धनका विषयमा पूर्वसचिवहरूको रायसुझाव लिएका हुन् ।

बैठकमा पूर्वसचिवहरूको आफ्नो कार्यकालमा बाँकी रहेका अधुरा अविनाशी छाप र अनुभव, बाँकी रहेका अधुरा सपना, वतर्मान हाम्रो स्थिति र भावी दिनमा हामी के गर्न सक्छौँ भन्ने एजेन्डामा छलफल भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, शङ्करप्रसाद अधिकारी, मोहनकृण श्रेष्ठ, महेश्वर नेउपानेलगायतका पूर्वसचिवहरूले आफ्नो अनुभव र सुझाव राखेका थिए । अधिकांश सचिवहरूले नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गर्नुपर्ने लगायतका सुझाव राखेका थिए । आगामी दिनमा पनि फेरि बैठक बसेर उनीहरूको अनुभव सुन्ने मन्त्री किरातीले बताए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.