
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँचपटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने दुई सय भन्दा बढी सवारी अनुमतिपत्र निलम्बन गर्ने भएको छ ।
दुई सय ५९ जना सवारी चालकहरूका सवारी चालक अनुमतिपत्र निलम्बनका लागि सोमबार ट्राफिक प्रहरीले यातायात व्यवस्था विभाग मिनभवन पठाएको हो ।
लाइसेन्स निलम्बनमा पर्नेमा ३६ पटकसम्म ट्राफिक नियम उल्लंघन गर्ने पनि छन् ।
Comments
Related News