• Trending:

क्यानमा भाँडभैलो, कार्यवाहक सचिवले दिए राजीनामा

क्यानमा भाँडभैलो, कार्यवाहक सचिवले दिए राजीनामा

Economist Nepal

Wed, Magh 18 2079

क्यानमा भाँडभैलो, कार्यवाहक सचिवले दिए राजीनामा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा बुझाएका छन् ।

क्यानभित्र उत्पन्न विविध विवादबीच मल्लले जिम्मेवारीबाट अलग हुने निर्णय लिएका हुन् । नेपाल टी–ट्वान्टी लिगको गर्भनिङ काउन्सिलका अध्यक्षसमेत रहेका मल्लले मगलबार पोखरामा बसेको बोर्ड बैठकमा राजीनामा दिएको स्रोतले जनाएको छ ।

मल्लले यो जिम्मेवारी गत वर्ष मात्र पाएका थिए । तत्कालीन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि कार्यवाहक सचिवको जिम्मेवारी पुगेका मल्लले पनि जिम्मेवारीबाट अलग हुने निर्णय लिएका हुन् ।

मंगलबार पोखरामा सम्पन्न क्यानको बोर्ड बैठकले क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने निर्णयसमेत गरेको छ । एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको जाहेरी प्रहरीमा दिएपछि निलम्बन गरेको क्यानले अदालतबाट धरौटीमा रिहा गर्ने आदेश दिएसँगै यस्तो कदम चालेको हो । मुद्दा अन्तिम किनारा नलाग्दै निलम्बन फुकुवा गरिएको भन्दै यतिबेला क्यानको आलोचना भइरहेको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.