
काठमाडौं । मिडफिल्डर मार्सेल सबिट्जर इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् ।
मार्सेल जर्मन क्लब बायर्न म्युनिखमबाट लोनमा म्यानचेस्टर युनाइटेड अनुबन्धित भएका हुन् ।
मिडफिल्डर क्रिस्टियन एरिक्सन घाइते बनेपछि उनको विकल्पमा युनाइटेडले मार्सेललाई छानेको हो ।
उनले यस सिजनको अन्तिमसम्म युनाइटेडबाट खेल्नेछन् ।
सन् २०२१ मा बायर्नसँग जोडिएका उनले यो क्लबका लागि ५४ खेल खेलिसकेका छन् ।
Comments
Related News