• Trending:

भारतबाट बढेर आयो इन्धनको मूल्य, नेपालमा के होला ?

भारतबाट बढेर आयो इन्धनको मूल्य, नेपालमा के होला ?

Economist Nepal

Wed, Magh 18 2079

भारतबाट बढेर आयो इन्धनको मूल्य, नेपालमा के होला ?

काठमाडौं । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल ८ रुपैयाँ एक पैसा र डिजल ७ रुपैयाँ ९८ पैसा बढेर आएको हो ।

त्यस्तै मट्टितेल ४ रूपैयाँ ६१ पैसा र हवाइ इन्धन ७ रूपैयाँ ८० पैसा बढेर पठाएको छ ।

यसभन्दा अघि आइओसीले इन्धनको मूल्य घटाएर पठाएको थियो । भारतले इन्धनको मूल्य घटाएर पठाएपनि निगमले घाटा देखाउँदै मूल्य समायोजन गरेको थिएन ।

यसपटक मूल्य बढेर आएको  हुँदा निगमले इन्धनको मूल्य बढाउने सम्भावना धेरै छ । किनकि निगमले अहिले पनि घाटा व्योहोर्दै आएको बताउँदै आएका छन् ।

निगमका अुनसार मूल्य समायोजन नगर्ने हो भने अबको १५ दिनमा निगमलाइ ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्नेछ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.