• Trending:

मान्छे कुटेर ट्याक्टरमा आगो लगाउने कैलालीका सांसद चौधरीलाई तत्काल पक्राउ गर्न माग

मान्छे कुटेर ट्याक्टरमा आगो लगाउने कैलालीका सांसद चौधरीलाई तत्काल पक्राउ गर्न माग

Economist Nepal

Wed, Magh 18 2079

मान्छे कुटेर ट्याक्टरमा आगो लगाउने कैलालीका सांसद चौधरीलाई तत्काल पक्राउ गर्न माग

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सांसद अरुण चौधरीलाई तत्काल पक्राउ गर्न पत्राचार भएको छ । कैलाली क्षेत्र नम्बर २ निर्वाचित सांसद चौधरीलाई पक्राउ गर्न गृह मन्त्रालयमा पत्राचार भएको हो ।

उनलाई कैलाली जिल्ला अदालतले २०७० बैशाख ९ गते आगो लगायो मुद्दामा दोषी ठहर गरेको थियो ।

उक्त घटनामा दोषी ठहर गर्दै चौधरीलाई अदालतले ६ महिनाको कैद सजायसहित आठ लाख १९ हजार २३ रूपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

यो दुवै सजाय भुक्तानी नगरी प्रतिनिधिसभा सांसद निर्वाचित उनलाई तत्काल पक्राउ गर्न गृहमा पत्राचार भएको हो ।

उनलाई तत्काल पक्राउ गरी यसको जानकारी प्रतिनिधिसभा संसद सचिवालयलाई पनि उपलब्ध गराई प्रहरी महानिरिक्षकलाई निर्देशन दिन गृह सचिवलाई आग्रह गरिएको छ ।

सांसद चौधरीले ढुंगा लिन चिसापानीस्थित गोरांगा खोलाबाट ढुंगा लोड गरी लम्कीतर्फ आउँदै गरेका चालक साजन चौधरीलाई ८/१० जनासहित कुटपिट गरी ट्याक्टरमा आगो लगाइ आठ लाख ७५ हजार रूपैयाँको क्षति पुर्याएको भन्दै मुद्दा परेको थियो ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.