
काठमाडौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले राजीनामा दिएका छन् ।
उनले पार्टी महामन्त्री मुकुल ढकाललाई काठमाडौंमा राजीनामा पत्र बुझाएका छन् । सापकोटाले पार्टीभित्र व्यक्तिवाद हावी भएको भन्दै राजीनामा दिएका हुन् । उनी गत कात्तिकमा चितवन जिल्ला सभापति बनेका थिए ।
Comments
Related News