
काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेटअगाडि फुटेको ढल । मंगलबार दिउँसैदेखि फुटेको ढल दुई दिनसम्म मर्मत नहुँदा अनामनगरआसपासमा दुर्गन्ध फैलिनुका साथै सवारी आवागमनसमेत प्रभावित बन्यो ।
बुधबार दिनभर यस रुटमा चल्ने सार्वजनिक यातायातका साधन आवागमनमा समस्या भयो भने हिलाम्मे बनेको सडकमा पैदलयात्री र स्थानीयले सास्ती व्यहोर्नुपर्यो । बुधबार अबेरसम्म काठमाडौं महानगरपालिकाले फुटेको ठाउँ टालटुल पारे पनि अवरुद्ध ढल खोलेको छैन ।
Comments
Related News