• Trending:

रविले भने – म अभिमन्यु होइन, भोलिबाट चुप बस्दिनँ

रविले भने – म अभिमन्यु होइन, भोलिबाट चुप बस्दिनँ

Economist Nepal

Thu, Magh 19 2079

रविले भने – म अभिमन्यु होइन, भोलिबाट चुप बस्दिनँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू अभिमन्यू नभएको बताएका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो मौनता आजसम्मका लागि मात्र भएको र भोलिदेखि आफू चुप नबस्ने बताएका हुन् ।

‘अब मलाई भन्न बाँकी, गर्न बाँबी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नुहोला, लेखिहाल्नु होला,’ उनले लेखेका छन्, ‘मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’

नागरिकता मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएर नयाँ नागरिका लिएसँगै पुनः पार्टी सभापति भएका उनले उपप्रधान तथा गृहमन्त्रीको पद आफैंले पाउनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् ।

आफूमाथि राहदानीको विषयमा छानबिन भइरहेपनि स्वार्थ बाँझिने मन्त्रालयमा दाबी गरिरहेका कारण यतिबेला उनीमाथि नैतिक प्रश्न उठिरहेको छ । उनीमाथि अमेरिकी पासपोर्ट कायम भइरहेकै समयमा नेपाली पासपोर्ट लिएको आरोपमाथि छानविन भइरहेको छ ।

हाल उनले विगतमा नेताहरूविरूद्ध समाजिक सञ्जालमा लेखेका कटाक्षपूर्ण स्टाटसहरू एकपछि अर्को गर्दै भाइरल भइरहेका छन् । आफूमाथि भइरहेको यीनै आलोचनामाथि कटाक्ष गर्दै उनले आफू भोलिबाट चुप नबस्ने अभिव्यक्ति दिएका छन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.