
काठमाडौं । नेपाल प्रहरीका एक सय ५० प्रहरी नायब उपरीक्षक (डिएसपी) र ९५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक धीरजप्रसाद सिंहको बिहीबारको निर्णयअनुसार उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीले यसअघि केही प्रहरी नायब उपरीक्षक (डिएसपी) र प्रहरी उपरीक्षक (एसपी) लाई काज सरुवासमेत गरेको थियो ।
Comments
Related News