
काठमाडौं । सडक दुर्घटनाको कारण सिभिल अस्पतालमा उपचाररत एकीकृत समाजवादीका नेता घनश्याम भुसालको अवस्था सामान्य रहेको भुसालले जानकारी गराएका छन् ।
भुसालले फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो स्वास्थ्य अवस्था गम्भीर नरहेको तथा कुनै चोटपटक नलागेकोसमेत बताएका छन् । उनी आज बिहान आफैले गाडी चलाएर पार्टी कार्यालय जाँदै गर्दा बानेश्वसमार बेहोस भएका थिए । उनी अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको थियो ।
Comments
Related News